७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मधेशका पूर्वअर्थमन्त्री साहसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

७ साउन, काठमाडाैं । मधेस प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह सहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बागमती नगरपालिकामा फनपार्क र रिसोर्ट बनाउने काममा भ्रष्टाचार भएको भन्दै सात जना व्यक्ति र एक कम्पनी विरूद्ध बिहीबार मुद्दा दायर भएको हो।

अख्तियारले साहसहित मधेश प्रदेश सरकारको अर्थमन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रमुख प्रशाकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

dainiki.com

अख्तियारले तत्कालीन मन्त्री साह, तत्कालीन सचिव ठाकुर विरूद्ध ३५ करोड रुपैयाँको बिगो कायम गरेको छ। अख्तियारले मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ बिगो कायम गरेको छ।

मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले ठेकेदार कम्पनीमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोप लगाएको छ ।

प्रकाशित मिति : July 23, 2026 at 6:00 pm