वेदिका केसी पक्राउ
७ साउन, काठमाडौँ । अभियन्ता दाबी गर्दै सामाजिक सञ्जालबाट भ्रम फैलाउने वेदिका केसी पक्राउ परेकी छिन् । कथावाचिका राधिका दासीको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई अहिले साइबर ब्युरोको हिरासतमा राखिएको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताका रूपमा चिनाउने वेदिका केसी पछिल्लो समय चर्चामा थिइन् । मुख्यतः धार्मिक माताका रूपमा चिनाउने व्यक्तिहरूका सम्बन्धमा सामाजिक सञ्जालमार्फत आफ्ना भनाइहरू राख्ने गरेकी थिइन ।
प्रकाशित मिति : July 23, 2026 at 4:57 pm




