विद्यार्थी लुटेर अस्ष्ट्रेलियामा अलपत्र पार्ने कन्सलटेन्सीलाई कारबाही गर्न अनेरास्ववियुको माग
१२ फागुन, काठमाडौँ । अनेरास्ववियुले विद्यार्थीलाई अस्ट्रेलिया पुराएर अलपत्र पार्ने कन्सलटेन्सीहरूलाई कारबाही गर्न माग गरेको छ । अनेरास्ववियुका महासचि ऐन महरले एक विज्ञप्ति प्रकाशन गर्दै अध्ययनको शिलशिलामा अस्ट्रेलिया गएका १ हजार दुइ सय विद्यार्थीको शैक्षिक भविष्य अलपत्र पारिएको घटनाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । उनले अलपत्र परेका विद्यार्थीलाई तत्काल आवश्यक उद्धार र सहयोग गर्न नेपाल सरकार समक्ष अनुरोध गरेका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्ट्रेलियाको सिड्नी र ब्रिसबनमा सञ्चालित अस्ट्रेलियन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)मा शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएर नर्सिङ पढाउने अनुमति नै नभएको कलेजमा नर्सिङ पढ्नका लागि गइ अस्ट्रेलियामा अलपत्र भएका १ हजार दुइ सय विद्यार्थीलाइ तत्काल आवश्यक उद्धार र सहयोग गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।’
महासचिव महरले विज्ञप्तिमा भनेका छन , ‘साथै २० लाख भन्दा बढी शुल्क लिएर त्यस्ता अवैधानिक कलेजमा विद्यार्थी पठाउने कंगारू, डल्फिन, काठमाडौँ इन्फोसिस, अल्फविटा, एक्सपर्ट, मर्सी लगायत उक्त कलेजमा विद्यार्थी पठाउने अन्य कन्सलटेन्सीहरूलाई तत्काल कारबाही गर्न जोडदार माग गर्दछौँ ।’

प्रकाशित मिति : February 24, 2019 at 10:10 pm









