७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नबिल बैंकको ‘नबिल महिला उद्यमी कर्जा’ योजना सार्वजनिक, २० लाखसम्म कर्जा पाइने

७ साउन, काठमाडौं । नबिल बैंकले महिला उद्यमीलाई आफ्नो व्यवसाय विस्तार तथा सञ्चालनका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले ‘नबिल महिला उद्यमी कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको उक्त योजना अनुसार महिला उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। व्यवसाय सञ्चालन वा विस्तार गर्न चाहने महिलालाई लक्षित गरी यो योजना ल्याइएको बैंकले जनाएको छ।

dainiki.com

बैंकका अनुसार महिला उद्यमीलाई व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय स्रोत सहज रूपमा उपलब्ध गराई आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले यो कर्जा योजना सञ्चालन गरिएको हो। योजनाअन्तर्गत कर्जा प्रक्रिया सरल बनाइएको र प्रतिस्पर्धी ब्याजदरमा वित्तीय सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ। बैंकका अनुसार यस कर्जा सम्बन्धी थप जानकारीका लागि नजिकको शाखा वा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : July 23, 2026 at 11:40 am