८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ कारोबार ?

६ साउन, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३७० रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : July 22, 2026 at 11:28 am