आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
५ साउन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनकाे मूल्य तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको थियो।
प्रकाशित मिति : July 21, 2026 at 11:12 am





