गाडी बनाउन गएका निकेश भुजु मृत भेटिए, चार जना पक्राउ
१२ फागुन, भक्तपुर । घरबाट गाडी बनाउन निस्केका निकेश भुजु भक्तपुरमा मृत भेटिएका छन् । शनिबार बिहान ९ बजेघरबाट निस्केका सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलका २६ वर्षीय भुजु आफ्नो ४ वर्षको छोरा सहित घरबाट गएका थिए ।
महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार निकेश छोरा सहित बा.५ च ६४२१ नम्वरको निलो मारूती गाडी बनाउन भनेर गएपछि सम्पर्कविहीन भएका थिए । घरबाट हिडेका उनीसँग फोन सम्पर्क हुन नसकेपछि उनकी श्रीमती सृजना भुजुले सोही दिन बेलुकी ६ बजेको समयमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा मौखिक उजुरी दिइन् ।
उजुरीका आधारमा खोजतलास गर्दै जादाँ भक्तपुर न.पा वडा नं. ८ लिवालीतर्फ भागेको देखिएकाले सो गाडीको पिछा गर्दै जादाँ निकेशका छोरालाई छाडी भागेको र गाडी भित्र हेर्दा निकेश अचेत अवस्थामा भेटिए ।
उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा सम्बन्धित चिकित्सकद्वारा मृत घोषित गरेका महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरी घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्दै जादाँ चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ बस्ने बर्ष २५ को सुमन बाला, दाङ हापुर गाउँपालिका वडा नं. ४ बस्ने बर्ष १९ को भुप बहादुर रोका छन् ।
प्रकाशित मिति : 16:19







