२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एनसेल बम काण्डमा विप्लवको हात रहेकाे गृहमन्त्री बादलकाे दाबी

१२ फागुन, काठमाडाैँ । एनसेल बम काण्डमा विप्लवको हात रहेकाे गृहमन्त्री बादलकाे दाबी रहेकाे छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जनाएका छन् ।

विगतकाे बम विस्फोटको शृङ्खलामा विप्लवकै पार्टीको हात रहेको जानकारी दिदै गृहमन्त्री थापाले यो घटना पनि विप्लवले नै घटाएको सूचना आएको बताएक्ा छन् । समानान्तर सत्ताको अभ्यासकालागि विप्लव’ नेतृत्वले यस्तो हर्कत गर्दै आएकाे गृहमन्त्री बादलले जनाएका छन् ।

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

प्रकाशित मिति : 15:37