२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सिटौलाको गाडी देउवा पक्षले कब्जामा लिन खोजेपछि …

१२ फागुन, काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएकाे छ । संस्थापन पक्ष निकट विद्यार्थी र कृष्ण सिटौला तथा गगन थापा निकट विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर विवाद बढिरहँदा दुई समूहबीच हानाहान भएको हो ।

देउवा समूहले तदर्थ समिति गठन गर्नुपर्ने भन्दै पार्टी कार्यालय वरिपरी घुमिरहेको अवस्थामा नेता कृष्णप्रसाद सिटौलाको गाडीकाे गाडीको ब्यानर थुतेर कब्जामा लिन खोजेपछि झडप भएको हो । झडप साम्य पार्न प्रहरीले लाठी चार्जसमेत गरेको छ । प्रहरीको लाठी चार्जबाट पत्रकार केशव साउद घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्याल वरिपरी अहिले व्यापक प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : 14:28