भ्रष्टाचार मुद्दामा टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद
३२ असार, काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोपमा आठ वर्ष कैद सजाय तोकेको हो ।
विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दिपक आनन्दलाई पनि आठ वर्षकै कैद सजाय तोकेको छ । अनि नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप छ महिना कैद तोकेको हो।
दुई जनाविरूद्ध कायम भएको ३ करोड ८ लाख ५० हजार ४०० रुपैयाँको दामासाही हुने जनही एक करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना हुने फैसला भएको हो।त्यस्तै उनीहरूबाट ६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश गरेको छ।
प्रकाशित मिति : July 16, 2026 at 4:25 pm





