३ मंसिर २०८३, बुधबार | Thu Nov 19 2026

सप्तकोशीमा पानीको बहाब बढ्दो, २१ ढोका खुला

https://www.muktinathbank.com.np/online/loan-application

३२ असार, काठमाडौं । वर्षात् सुरु भएसँगै सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम जारी छ। बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ।

कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन्।

पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोशी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

सुक्खा मौसममा शान्त देखिने सप्तकोशी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ।

असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ। सप्तकोशीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ।

 सप्तकोशीमा तमोर, अरुण, सुनकोशी, दूधकोशी, तामाकोशी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ। वर्षायाममा पानीले भरिने सप्तकोशी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ।

प्रकाशित मिति : July 16, 2026 at 9:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/