१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अमेरिकामा एक नेपालीसहित दुई जनाको गोली हानी हत्या

१२ फागुन, काठमाडौं । अमेरिकामा हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको छ ।  लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो ।

सुभाषले सञ्चालन गरेकाे टी–मार्ट भित्र पसेर हतियारधारीले  उनलाई गोली हानेको थियो । बन्दुकधारीले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

एलिजावेथ टाउनका बासिन्दाहरु भेला भएर मृतकहरुप्रति श्रद्धाञ्जली दिएका छन् । सुभाष सम्झनामा उनले सञ्चालन गर्दै आएको टी–मार्ट अगाडि पुष्पगुच्छा चढाइएको थियो भने दीप प्रज्ज्वलन पनि गरिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार ११:५६