आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
३१ असार, काठमाडाैं । स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य ताेलामा आठ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।
प्रकाशित मिति : July 15, 2026 at 11:14 am





