एनआईसी एशिया बैंकको ४५ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
३१ असार, काठमाडाैं। एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेकाे थियाे । तर विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनैपनि आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कमलादीमा रहेको बैंकको कर्पोरेट कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा दरभाउ समेत उल्लेख गर्नुपर्नेछ । सबैभन्दा बढी दरभाउ तोक्ने आवेदकलाई सेयर बिक्री गरिने बैंकले सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : July 15, 2026 at 9:41 am





