नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
३० असार, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ।
जिल्ला अदालत काठमाडौँले मंगलबार सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय तोकेको हो।
ठगीमा दुई वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो।

उनलाई एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो।
रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो । यदि कुनै व्यक्तिको कार्यले गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा गम्भीर धक्का लाग्छ वा मित्रराष्ट्रहरूसँगको सम्बन्ध बिग्रिन्छ भने त्यसलाई राज्यविरुद्धको अपराध मानिन्छ ।
नेपालीलाई नक्कली शरणार्थी बनाउँदा संयुक्त राष्ट्र सङ्घ र तेस्रो मुलुकहरूसँग नेपालको विश्वसनीयता गुमेको र नेपालको अन्तर्राष्ट्रिय छवि धमिलिएको अदालतको ठहर छ ।
प्रकाशित मिति : July 14, 2026 at 8:27 pm





