१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भेटियाे विश्वको सबैभन्दा ठूलो झिंगा

१२ फागुन, इण्डोनेसिया । इण्डोनेसियाको आइल्याण्डमा दुनियाको सबैभन्दा ठूलो झिंगा भेटिएको छ ।  यसको आकार मानिसको औँला जति नै ठूलो छ । दशौँ वर्ष अघि यो प्रजातिका झिंगा हराएको थियो र अहिले खाेजी गर्दा आइल्याण्डमा भेटिएकाे हाे ।

लामो समयको खोजपछि जंगल विभागले यो प्रजातिको झिंगा भेटेको बताएको छ । याे झिँगाकाे नाम ‘वैलेस जाइन्ट बी’ हो । झिँगाकाे नामाकरण प्रकृतिवादी खोजकर्ता रसेल वैलेसको नामबाट राखिएको छ ।

सन् १९८१ मा केही वैज्ञानिकले यस प्रजातिको झिंगाका बारेमा बताएका थिए । यसपछि यस प्रजातिको झिंगा कतै देखिएको थिएन । यो वर्ष जनावरीमा इण्डोनेसियाको जंगलमा विज्ञहरुको टोलीले यो झिंगाको खोजी गरेको थियो ।

यसको पहिलो तस्बिर खिच्ने क्ले बोल्टले भने ‘यो बिल्कुल हैरान गर्ने किसिमको थियो । हामीलाई लागेको थियो यो प्रजातिको झिंगा लोप भैसकेको थियो । जब यो झिंगा उड्थ्यो, यसको पखेटाको आवाज स्पस्ट सुनिन्थ्यो ।’

यो झिंगा इण्डोनेसियाका उत्तरी माल्याकुश आइल्याण्डमा भेटिएको हो । यो प्रजातिको झिंगा विश्वबाटै लोप हुने अवस्थामा छ । पर्यावरण समूह ग्लोबल वाइल्ड लाइफ कञ्जर्भेसनले लोप हुन लागेका प्रजातिको खोजी गर्नका लागि एक अभियान चलाइरहेका छन् । यो पनि यही अभियानको एउटा हिस्सा हो ।बीबीसी

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार ०९:५९