विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२४ असार , काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि बुधबार चौथो पटक पाँच दिनको म्याद थप भएकाे हो।
प्रकाशित मिति : July 8, 2026 at 4:54 pm




