नेकपाका सांसद एवं जनप्रिय नेता उत्तरकुमार ओलीको शवयात्रामा हजाराैँ सहभागी (फोटोफिचर)
११ फागुन, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रदेश नम्बर ५ का सांसद रहेका स्वर्गीय उत्तरकुमार ओलीको शनिबार अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघिको शव यात्रामा हजाराैँ जनता सहभागी भएका छन । अोलीको अन्त्यष्टि अघिको शव यात्रामा सभामुख कृष्णबहादुर महरा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाकी सचेतक शान्ता चाैधरी, सांसद सुजिता शाक्य लगायतका दर्जनबढी नेताहरू समेत सहभागी भएका थिए ।

सांसद ओलीलाई अन्त्यष्टिका लागि उनकै पुर्खेउली घर दंगीशरण गाउँपालिका वडा नं ६ लेटार लगिएको थियो । पार्टी केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जली पछि शुक्रवार दिउँसो हेलिकोप्टर मार्फत शव दाङ ल्याइएको थियो । शव यात्रा अघि शनिवार विहान तुलसीपुर स्थित पूर्व नेकपा एमालेको अंचल पार्टी कार्यालयमा ७ बजेदेखि ८ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्थिव शरिर राखिएको थियो । तीन साता अघि अघि सवारी दुर्घटनामा परी उपचारका क्रममा उनको शुक्रवार विहान निधन भएको हो ।


प्रकाशित मिति : 19:20









