२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कपिलवस्तुमा गोली चल्याे, १ जनाकाे मृत्यु

११ फागुन,  काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ कुवेरापुरमा गोली प्रहारबाट १ महिलाको मृत्यु भएको छ। घरमै बसिरहेकी अनिता पौडेलमाथि १ बजे राति अज्ञात समूहले गोली प्रहार गर्दा उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

पौडेलको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ । खाना खाएर घरमै बसेकी पौडेलमाथि  २ जनाको समूहमा आएका व्यक्तिले गोली हानेर फरार भएको बताइएकाे छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : 10:05