सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
२१ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : July 5, 2026 at 10:54 am





