राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१९ असार, काठमाडौं । रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरसहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रअ विजयकान्त मिश्र र लेखापाल शेख जहिरमाथि जनही ११ लाख १० हजार ११४ रुपैयाँ मागदाबीसहित मुद्दा दायर गरिएको हाे ।

उनीहरूले राजापुर नगरपालिका-५ स्थित जनता नमुना माध्यमिक विद्यालयमा प्रि-स्कुल ब्लकको ८ कोठे भवन निर्माण गर्दा लागत भन्दा बढी मूल्यांकन गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
प्रकाशित मिति : July 3, 2026 at 4:22 pm






