आठ प्रहरी उच्च अधिकृतको जिम्मेवारी हेरफेर
१८ असार, काठमाडाैँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गरिएको छ । सरुवा सूचीमा रहेका अधिकृतहरूको नयाँ कार्यक्षेत्र र जिम्मेवारी देहाय बमोजिम रहेको छ:
राजन अधिकारी: नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौंमा सरुवा गरिएको छ ।
डा. मनोज कुमार के.सी.: केन्द्रीय अनुसन्धान ब्यूरोबाट नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाडौंमा सरुवा भएका छन ।
शिद्धी बिक्रम शाह: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल, काठमाडौंमा पठाइएको छ।

सुशील सिंह राठौर: नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौंमा सरुवा भएका छन ।
उमा प्रसाद चतुर्वेदी: नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, काठमाडौंमा सरुवा हुनुभएको छ ।
हिमालय कुमार श्रेष्ठ: नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, काठमाडौंमा सरुवा गरिएको छ।
डम्बर बहादुर विश्वकर्मा: नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्साल, काठमाडौंमा सरुवा भएका छन।
ईश्वर कार्की: काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल, काठमाडौंमा सरुवा भएका छन ।

प्रकाशित मिति : July 2, 2026 at 10:32 pm






