१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

नेपाली ब्रो र प्रेमिका प्रतीक्षा आचार्यलाई थुनामा पठाउन आदेश

१८ असार, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।  न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दुई जनालाई थुनामा पठाउन आदेश दिएको हो ।

dainiki.com

यही कसुरमा प्रतिवादी रहेका विक्रम थापा मगर र पुजन थापा क्षेत्रीबाट एक(एक लाख रुपैयाँ धरौटी माग गरेको छ।  गत जेठ २२ गते राति तारकेश्वर नगरपालिका-६ पैयुटारमा ईश्वरी भुजेलको हत्या भएको थियो। अनुसन्धानको क्रममा उनका श्रीमान नेपाली ब्रो भनिने कुमार थापा मगरले धारिलो हतियार प्रहारगरेको खुलेको थियो।

प्रकाशित मिति : July 2, 2026 at 6:03 pm