एनसेल कार्यालयमा बम विस्फोट, ३ जना घाइते, कमलपाेखरीमा पनि बम भेटियाे
१० फागुन, काठमाडौँ । अज्ञात समूहले राजधानीको नख्खुस्थित एनसेलको कार्यालय परिसरमा बम विस्फोट गराएकाे छ । सो विस्फोटमा परी ३ जना बटुवा घाइते भएका छन् । घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेका छन् । बम विस्फोटपछि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न नाका र सडकहरुमा चेकजाँचलाई कडा पारिएको छ ।

प्रहरी प्रधान कार्यालयले उपत्यकाका सबै प्रहरी इकाइहरुलाई अलर्ट रहन निर्देशन दिएको जनाइएको छ । ललितपुर प्रहरीका डीएसपी अपिलाल बोहराले बम विस्फोट भएको स्थानमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

शुक्रबार साँझ भएको उनीहरुको अल्का अस्पतालमा उपचार सुरु गरिएको छ। यसैबीच काठमाडौँको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ। प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ।


प्रकाशित मिति : 21:15









