१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

एकैदिन तोलामा ६२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

१८ असार, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ६ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

dainiki.com

बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १८० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : July 2, 2026 at 11:06 am