१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

पत्रकार खेम भण्डारी पक्राउ

१८ असार, काठमाडाैं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।

dainiki.com

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइजती मुद्दामा १ महिना ७ दिन कैद सजाए र १२ हजार १०० जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रकाशित मिति : July 2, 2026 at 10:35 am