३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई ओम समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

१६ असार, काठमाडौं । नेपाल बैंक र ओम समाज डेन्टल हस्पिटल बीच नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली र सातदोबाटो तथा महोत्तरीको बर्दिबासस्थित ओम् समाज डेन्टल हस्पिटलका शाखाबाट सेवा लिँदा बिरामी दर्ता तथा चेकअपमा शतप्रतिशत छुट पाउनेछन्। साथै, अस्पतालका विभिन्न दन्त उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले तथा ओम समाज डेन्टल हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका हुन्।

dainiki.com

बैंकका अनुसार यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले ओम समाज डेन्टल हस्पिटलबाट प्रदान गरिने दन्त तथा मुख स्वास्थ्यसम्बन्धी उच्चस्तरीय उपचार सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्न सक्नेछन्।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, सेवा विस्तार तथा गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै आएको पनि जनाएको छ।

प्रकाशित मिति : June 30, 2026 at 5:12 pm