१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

विष्णु पौडेललाई थुनामुक्त गर्न अदालतको अस्वीकार, भट्ट र अग्रवालको फाइल झिकाउन आदेश

१६ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले सर्वोच्च अदालतले उक्त रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो।

dainiki.com

पौडेललाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उनले थुनामुक्त गर्न आदेश माग गरेकी थिइन्।

 

प्रकाशित मिति : June 30, 2026 at 5:06 pm