१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

१५ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा रहेका पौडेललाई दोस्रो पटक तीन दिनको म्याद थप भएको हो ।

dainiki.com

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई तीन दिन म्याद थप गरेको हो। पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । विशेष अदालतले यसअघि असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : June 29, 2026 at 5:43 pm