सर्वसाधारणका लागि सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता सेयर बिक्रीमा
१५ असार, काठमाडौं । सिद्धार्थ बैंकले केही सेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारण तथा विभिन्न संघ-संस्थाहरूका लागि आफ्नो संस्थापक समूहको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता सेयर बिक्रीमा राखिएको हो। यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई सेयर बिक्री खुला गरिएको भए पनि कुनै आवेदन नपरेपछि अहिले अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।
यो सेयर खरिद गर्न चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गरी ७ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : June 29, 2026 at 11:41 am









