१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

चाैकीदारलाई पैसा नदिए सरुवा गरिदिने धम्की दिँदै ७५ हजार घुस खाने जेलर मदन अधिकारी पक्राउ

१० फागुन, काठमाडौँ । चाैकीदारलाई पैसा नदिए सरुवा गरिदिने धम्की दिँदै ७५ हजार घुस खाने जेलर मदन अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैंडाकाे टाेलीले क्षेत्रीय कारागार प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेकाे छ ।

कारागारका चाैकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका अधिकारीलाई ७५ हजारसहित उनकै क्वार्टरबाट पक्राउ गरिएकाे हाे । अधिकारीले लामाे समयदेखि चाैकीदार लामालाई सरुवाकाे बाहनामा पैसा माग्दै आएका थिए ।

 अख्तियारकाे टाेलीले जेलर अधिकारीलाई घुस रकमसहित पक्राउ गरेकाे हाे ।

प्रकाशित मिति : February 22, 2019 at 4:39 pm