१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछः राष्ट्रपति ट्रम्प

१४ असार, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताएका छन् । उनले शनिबार ‘यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न ‘बाध्य’ पारियो भने इरान ‘अब अस्तित्वमा रहने छैन’।

यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको जहाजमाथि भएको आक्रमणको जवाफमा शनिबार इरानका ‘केही भाग’ माथि आक्रमण गरेको भन्ने जानकारीपछि आएको हो ।

dainiki.com

“इरानले फेरि पनि शान्ति सम्झौताको उल्लङ्घन गरेको छ बदलामा संयुक्त राज्य अमेरिकाको विमानले इरानी मिसाइल र ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि आक्रमण गरेको छ ।

राष्ट्रपति ट्रम्पले लेखेका छन्, “हामीले जति नै तर्कसङ्गत हुन खोजे पनि, एउटा बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ । यदि त्यसो भयो भने, ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा रहने छैन!”

प्रकाशित मिति : June 28, 2026 at 11:29 am