वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते
१० फागुन, काठमाडाैँ । वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा २ जना कामदारको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते छन् ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए ।
हिजो बेलुका लिफ्ट चुँडिदा ३ जना मजदुर गम्भीर घाइते भएका थिए । एक जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजार्दै गर्दा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ ।
प्रकाशित मिति : 13:55







