२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङका ४० मध्ये ३८ विद्यार्थी फेल, विद्यार्थीद्धारा आगजनी र तोडफोड

१० फागुन, पोखरा । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङका ४० मध्ये ३८ विद्यार्थी फेल भएपछि विद्यार्थीले ताेडफाेड र आगजनी गरेका छन् । इन्जिनियरिङको नजिता सन्तोषजनक नआएको भन्दै विद्यार्थीले उपकूलपतिको कुर्सी, रजिस्टार र परीक्षा नियन्त्रकको कुर्सीमा आगजनी समेत तथा तोडफोड गरेका हुन् ।

सिभिल इन्जिनियरिङको बुधवार प्रकाशित नजिता अप्रत्याशित भएको भन्दै उत्तेजित विद्यार्थीले विश्वविद्यालय तोडफोड गरेका हुन् ।विश्वविद्यालय प्रशासनले विद्यार्थी तोडफोडमा उत्रिएपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले ५ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयको झ्यालका सिसा तोडफोड र आगजनीको घटनाले अन्य संकायको समेत पठनपाठनमा ठप्प भएको छ ।

प्रकाशित मिति : 12:44