पत्रकार विनोद ढकाल पक्राउ
१२ असार, काठमाडाैँ । पत्रकार विनोद ढकाल पक्राउ परेका छन । साइबर अपराधको मुद्दामा अनुसन्धानका लागि ढकाल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको ढकाललाई कोशी प्रदेशको सुनसरी पठाउने तयारी गरिएको छ ।

इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उजुरीमा अनुसन्धानका लागि अदालतको अनुमति दिएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : June 26, 2026 at 8:54 am









