बिरामीलाई भ्रममा राखेर ठग्ने चेतना पौडेल पक्राउ
११ असार, काठमाडाैँ । बिरामीलाई भ्रममा राखेर ठग्ने चेतना पौडेल पक्राउ परेकी छिन । आफू चिकित्सक भएको दाबीसहित बिरामीलाई भ्रममा राखेर उपचारका नाममा ठग्नेगरेको पाैडेल मंगलबार प्रकाउ परेकी हुन ।
४७ वर्षीय पौडेल काठमाडाैँको चन्द्रागिरी- ८मा स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत रहेकी थिइन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा पौडेललाई पक्राउ गरिएको प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताएका छन ।

आफूलाई न्याचुरोप्याथी चिकित्सक दाबी गर्दै आएकी पौडेलले नपाएको चिकित्सकको उपाधि प्रयोग गरेको काउन्सिलको छानबिनबाट खुलेको छ। उनलाई इलाजसम्बन्धी कसुरमा अदालतबाट थुनामा राख्न म्याद लिएर अनुसन्धान अघि बढाइएको
पाैडेलले आधुनिक चिकित्सा निदानमा संलग्न रहेको र बिरामीलाई औषधिसमेत प्रेस्क्रिप्सन गरेको पुष्टि भएको छ ।

प्रकाशित मिति : June 25, 2026 at 6:00 am









