एनआईसी एशियाले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रवन्धकमा एनआईएमबी एसीई क्यापिटल नियुक्त
९ असार, काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले २:१ अनुपातमा अंकित मूल्य रु १०० मा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। जुन बैंकको हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हो।

हकप्रद सेयर निष्कासनका लागि बैंकले एनआईएमबी एसीई क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। हकप्रद सेयर निष्कासन प्रक्रिया आवश्यक अन्य नियामक स्वीकृति तथा औपचारिकता पूरा भएपछि अघि बढाइने बैंकले जनाएको छ। यस निष्कासनबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ गर्न, क्यापिटल एडिक्वेसी रेसियो सुधार गर्न तथा दीर्घकालीन व्यवसाय विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयनमा प्रयोग गरिनेछ।
सम्झौतापत्रमा बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइँटेल र एनआईएमबी एसीई क्यापिटलका उपप्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति : June 23, 2026 at 4:58 pm









