९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

नबिल बैंकको ३ लाख ८९ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

९ असार, काठमाडाैं। नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ८९ हजार २५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

dainiki.com

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

 साथै, ताेकिएकाे समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 23, 2026 at 9:24 am