धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित नुवाकोटका समिर पक्राउ
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : June 22, 2026 at 1:19 pm









