५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एनआईसी एशिया बैंककाे सेवा प्रभावित हुने

५ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकले प्राविधिक स्तरोन्नतिका कारण आफ्ना बैंकिङ सेवा अस्थायी रूपमा प्रभावित हुने जनाएको छ। बैंकले एक सूचना जारी गर्दै २०८३ असार ६ गते शनिबार बिहान १ः३० बजेदेखि ४ः३० बजेसम्म (तीन घण्टा) प्राविधिक स्तरोन्नति सम्बन्धी कार्य गरिने भएकाले केही डिजिटल तथा कार्डसम्बन्धी सेवामा अवरोध आउन सक्ने जनाएकाे छ ।

dainiki.com

यस अवधिमा मोबाइल बैंकिङ, एटीएम, पीओएस (POS) सेवा तथा डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत गरिने कारोबार प्रभावित हुन सक्ने बैंकले जनाएको छ। सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै बैंकले आवश्यक कारोबार समयमै व्यवस्थापन गर्न अनुरोध गरेको छ। बैंकले स्तरोन्नतिको कार्य सम्पन्न भएपछि सेवा पुनः नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

प्रकाशित मिति : June 19, 2026 at 5:46 pm