१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सालपा विकास बैंकको लक इन अवधि असार २४ गते समाप्त हुँदै

४ जेठ, काठमाडौं। सालपा विकास बैंक लिमिटेडको लक इन अवधि असार २४ गतेपश्चात समाप्त हुने भएको छ । बैंकले प्रकाशित गरेको सूचनाअनुसार सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको ५८ हजार ११४ कित्ता सेयरको लक–इन अवधि २०८३ असार २४ गतेपछि समाप्त हुनेछ।

dainiki.com

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा सेयर बाँडफाँड भएको मितिले छ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था रहेकाले सो अवधि पूरा हुन लागेको बैंकले जनाएको छ। उक्त आईपीओ बाँडफाँड भएको ६ महिना पुरा हुन लागेकाले सामुहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि सकिन लागेको हो ।

प्रकाशित मिति : June 18, 2026 at 9:38 am