सर्वसाधारणका लागि सिटिजन्स बैंकको ८७ हजार कित्ता सेयर बिक्रीमा
४ जेठ, काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८७ हजार ८७८.३६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडाैंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : June 18, 2026 at 9:25 am









