१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रमेश अर्यालद्धारा गैरकानुनी रूपमा विद्यालय कब्जा

–पवित्रा मुडभरी

१४ फागुन, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता रमेश अर्यालले गैरकानुनी रूपमा विद्यालय कब्जा गरेका छन । नगरपालिकाको वडा नम्बर ६ मै रहेको जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय कांग्रेस नेता अर्यालले कब्जा गरेका हुन ।

विद्यालयका पूर्व अध्यक्ष भ्रष्टाचार मुद्दामा परेपछि अध्यक्ष बनेका इश्वरीलाल तामाङलाई पदच्युत गरी अर्यालले आफैँलाई अध्यक्ष घोषणा गरेका छन । अर्यालले अध्यक्षको स्वघोषणा गरेर विद्यालय कब्जा गरेपछि तामाङ भने शिक्षा मन्त्रालय पुगेका छन । एकभारी कागजपत्र बोकेर शिक्षा मन्त्रालय पुगेका तामाङ आफू अन्यायमा परेको र न्याया दिलाइदिन भन्दै सरोबारवाला निकायमा दिनहुँ पुग्छन यद्यपी उनले न्याया पाउने अवस्था देखिएको छैन ।

शिक्षा एेनले गरेको व्यवस्था ।

विद्यालयमा पैसाको राम्रै खेलो हुनेदेखेपछि वडा अध्यक्ष अर्यालले आँखा लगाएको उनी निकटका नेताहरू बताउँछन । वडा अध्यक्ष वा उसले तोकेको व्यक्ति शिक्षा नियवाली अनुसार पदेन सदस्य हुने व्यवस्था छ तर अर्यालले भने विद्यालय नै कब्जा गरेका छन ।

कक्षा १० सम्म अध्ययन हुने बुद्ध एकेडेमी अखिल नेपाल हिमाली बौद्ध संघद्वारा सञ्चालित छ। गरिब, पिछाडिएका वर्ग, अनाथ, अंपाग विद्यार्थी पढाउने भन्दै एकेडेमीले विदेशी दातासँग सहयोग लिँदै आएको छ। दाताले सहयोग गर्ने हुँदा एकेडेमीमा पढ्ने विद्यार्थीले कुनै शुल्क बुझाउनुपर्दैन। तर विद्यार्थीलाइ त्यहाँ भर्ना गराउनका लागि अभिभावकले ५० हजार देखि तीन लाखसम्म बुझाउँदै आएका छन ।

विद्यालय आर्थिक रुपमा बलियो बन्दै गएपछि पदीय भागबन्डा र आर्थिक अनियमितताका कारण एकेडेमी भने समस्याग्रस्त बन्ने अवस्थामा पुगेको छ । विद्यालयको खातामा करोडौँ रूपमा देखेपछि वडा अध्यक्ष अर्यालयले विद्यालयलाइ राम्रोसँग चलाउन वतावरण बनाउनुको साटो गैरकानुनी रूपमा आफैँले कब्जामा लिएका छन । गरिब विद्यार्थीका नाममा यसअघिका पदाधिकारीले मागेर खाने भाँडो बनाइदिँदा अन्य भ्रष्ट नियत भएकाहरूको समेत यसमा बाँंगो नियत परेको देखिन्छ । यस विद्र्यालयका सबै जसो पूर्व पदाधिकारी भ्रष्टाचार मुद्दामा मुछिएका छन ।

प्रकाशित मिति : February 26, 2019 at 9:58 am