३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

३१ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ । बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता हासिल गरेको हो ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको कडा मूल्यांकन गरी यो अवार्ड प्रदान गरिन्छ ।

यो सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले पछिल्लो समय डिजिटल सेवाहरूमा उल्लेख्य विस्तार गर्दै आएको छ ।

dainiki.com

मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन जस्ता नवीन सुविधाहरूमार्फत ग्राहकहरूलाई छिटो र सुविधाजनक सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

डिजिटल क्षेत्रमा बैंकले गरेका यिनै प्रयासहरूलाई यस अवार्डले थप साहस र ऊर्जा प्रदान गरेको बैंकको भनाइ छ । यस अन्तर्राष्ट्रिय उपाधिले भविष्यमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न र आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न प्रेरित गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : June 14, 2026 at 11:55 am