आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
३१ जेठ, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी तोलामा ५५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
प्रकाशित मिति : June 14, 2026 at 11:26 am









