नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटिबिच सम्झौता
२९ जेठ, काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि अन्तर्गत देशभर रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटि अन्तर्गत सातै प्रदेशमा रहेका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेण्ट तथा क्याफेहरुले प्रदान गर्ने विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा जेठ २८गते बैकको तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटि प्रालिको तर्फबाट व्यवसाय प्रबन्धनिर्देशक दुर्गादत्त पन्तले हस्ताक्षर गरें ।
नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइ रहेको यो बैंक हालग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवाजनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवाप्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवाकर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।
प्रकाशित मिति : June 12, 2026 at 5:46 pm









