२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्ब ३४ करोडकाे काराेबार

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । शुक्रबार नेप्से ४.०० अंकले घटेर २७२४.०३ विन्दुमा झरेको छ। यस दिन ३४२ कम्पनीको ५४ हजार १७७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँबराबरको ९८ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।आज दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य यस दिन सर्वाधिक १०.६६ प्रतिशत घटेको छ। सेन्ट्रल फाइनान्सकाे यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : June 12, 2026 at 3:32 pm