रास्वपाका नेता हत्या अभियोगमा पक्राउ
२६ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश कुमार श्रेष्ठ हत्या अभियोगमा पक्राउ परेका छन । मंगलबार साँझ श्रेष्ठ पक्राउ परेको र बुधबार पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने पर्वत प्रहरीले जनाएको छ ।

पर्वतको खानीगाउँमा केही दिनअघि भएको एक महिलाको विभत्स हत्या प्रकरणमा श्रेष्ठ संलग्न रहेको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे बुधबार नै विस्तृतमा बताउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : June 9, 2026 at 10:27 pm










