धादिङमा बोलेरोे दुर्घटना हुदाँ ७ घाईते
८ फागुन, धादिङ । धादिङमा बाेलेराे दुर्घटना हुँदा सात जना घाइते भएका छन् । धादिङको सिद्धलेक गाँउपालिका वडा नं ५ स्थित भित्रि सडकखण्डमा बुधबार कालिदहबाट कुम्पुरको रैकरतर्फ जादैँ गरेको बा १० च ९४०७ नं को बोलेरोे अनियन्त्रित भई सडकमा पल्टिएकाे हाे ।
घाइते हुनेहरू अधिकाम्स धादिङकै रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
घाईते मध्ये ५ जनालाई जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचार गराई काठमाण्डौ ट्रमा सेन्टर रिफर गरीएको विष्टले जानकारी दिए ।बोलेरोमा १२ जना यात्रु सवार रहेका थिए । दुर्घटना भएको गाडी घटना स्थलमै रहेको र बोलेरो चालक फरार रहेकाले खोजिकार्य भई रहेको विष्टले जानकारी दिए ।
प्रकाशित मिति : 21:50









