भारतको इन्द्रप्रस्थ हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
२६ जेठ, काठमाडाैं। नयाँ दिल्ली भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई इन्द्रप्रस्थ अपोलो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी , मोबाइल बौकिङ्ग प्रयोगकर्ता, डेबिट तथा क्रेडिट कार्डबाहकहरुले १० प्रतिशत छुट पाउने भएका छन् । उक्त सम्झौता अनुसार भर्ना भएका बिरामीहरु लाई औषधी र उपभोग्य सामाग्री बाहेक, र भर्ना नभई उपचार गराउने बिरामीहरुलाई औषधि र परामर्श शुल्क बाहेकका शुल्कहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोला हस्पीटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर श्री दिपेन्द्र बाबु विष्ट को संयुक्त हस्ताक्षर गरे । यो सम्झौता २८ मे २०२६ देखि प्रारम्भ भई मे २०२८ सम्म कायम रहनेछ । प्रभु बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६२ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर रहेका छन् ।
प्रकाशित मिति : June 9, 2026 at 4:11 pm









